रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी छ : जनार्दन शर्मा

होमल्याण्ड खबर

२०७९ फाल्गुन १२ गते, शुक्रबार १५:३३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्।

माओवादीका उपमहासचिव शर्माले चार दलका बीचमा पौडेललाई उम्मेदवार बनाउने सहमति अन्तिम चरणमा पुगेको बताए।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी शर्मा र नेकपा (एकीकृत समाजवादी) बीच बिहान राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको थियो।

चार दलले अपराह्न ५ बजे थप छलफल गर्ने निर्णय गरेका छन्।