एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

होमल्याण्ड खबर

२०७९ फाल्गुन १५ गते, सोमबार १६:१६ मा प्रकाशित

नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।