३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसले नेकपा एमालेलाई राष्ट्रपति निर्वाचनमा समर्थनका लागि पत्र पठाएको छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि’ शीर्षकमा सोमबार पत्र पठाएका हुन् ।
देउवाले पत्रमा ‘विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ ।


यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु’ भनेर लेखेका छन् ।