३ चैत्र २०८२, मंगलवार
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै छ । साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुने छ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
राष्ट्रपतिमा दुई जना उम्मेदवार छन्– रामचन्द्र पौडल र सुवास नेम्वाङ । दुवैविरुद्ध कुनै उजुरी परेको छैन । राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसैले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुन बाँकी छ ।

