आफुलाई मत माग्दै रामचन्द्र पौडेलले पठाए सांसदहरुलाई पत्र

होमल्याण्ड खबर

२०७९ फाल्गुन १८ गते, बिहीबार १४:०९ मा प्रकाशित

८ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सबै सांसदलाई पत्र पठाएका छन् । नेता पौडेलले प्रतिनिधि सभा, राष्ट्रिय सभा र र प्रदेश सभा सदस्यलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् ।

पौडेलका स्वकीय सचिव चिरनजीवी अधिकारीले राष्ट्रपति निर्वाचनमा मतदाता हुने ८८२ जना सांसदलाई नै मत मागेर पत्र पठाइएको जानकारी दिए ।

२५ फागुनमा हुने निर्धारण भएको राष्ट्रपति निर्वाचनमा पौडेलसँगै एमाले नेता सुवासचन्द्र नेम्वाङ पनि उम्मेदवार छन् ।