९ मंसिर २०८१, आईतवार
सातको अन्तिम कारोबार दिन पनि सेयर बजारमा घट्न क्रमले निरन्तरता पाएको छ । बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १।३३ प्रतिशतले गिरावट भएको छ । बजार परिसूचक नेप्से २६।४८ अंकले गिरावट हुँदा १९६९।०१ अंकमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २।६४ प्रतिशतले गिरावट भएको छ भने व्यापार उपसूचक पनि २।३२ प्रतिशतले घटेको छ ।
बिहीबार नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ३ लाख र एनआईशी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।