गाइड विना विदेशी पर्यटकलाई पदयात्रामा जान प्रतिबन्ध

होमल्याण्ड खबर

२०७९ फाल्गुन १९ गते, शुक्रबार १५:३२ मा प्रकाशित

नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने भएको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ५१ हजार हाहारारी पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आउने गरेका छन् । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।