दोलखामा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते, ३ को अवस्था गम्भीर

होमल्याण्ड खबर

२०७९ फाल्गुन २३ गते, मंगलवार १५:१० मा प्रकाशित

दोलखाको बैतेश्वर गाउँपालिका-६ नाम्दु डाँडा गाउँमा बोलेरो दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन।नाम्दु बाट मैनापोखरी आउदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।दुर्घटनामा सवार २५ जना सवार रहेकोेमा १९ जना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकोे इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी इन्चार्ज बिर बहादुर कार्कीले जानकारी दिए।

गम्भीर घाइते हुनेहरुमा बैतेश्वर-३ का शम्भु दहाल,बैतेश्वर-६ का टुल्के नेपाली र सुनिता नेपाली रहेका छन्।त्यस्तै बैतेश्वर-२ का सुनकुमार तामाङको हातमा गम्भीर चोट लागेको छ। घाइतेहरुको बैतेश्वर सामुदायिक अस्पताल मैनापोखरी र दाहाल मेडिकलमा उपचारको लागी लगिएको छ्।गम्भीर घाइतेहरु काठमाडौ पठाउने तयारी भैरहेको छ।