आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

होमल्याण्ड खबर

२०७९ फाल्गुन २४ गते, बुधबार १०:०९ मा प्रकाशित

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघबाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ।

नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ। अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ। धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेको छ। नेपालमा पनि बिदा दिइने गरेको छ।