मतगणनाबारे आयोगका सात निर्णय यस्ता छन् ?

होमल्याण्ड खबर

२०७९ फाल्गुन २५ गते, बिहीबार १६:०६ मा प्रकाशित

 राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले सात निर्णय गरेको छ।

मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले सात निर्णय सार्वजनिक गरेको हो।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।

मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।

  • दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
  • स्वस्तिक छाप नभएको मत बदर हुने
  • सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
  • संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
  • मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एकजना गणना प्रतिनिधि रहने
  • मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गर्ने
  • मतगणनापश्चात् विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने