राष्ट्रपति निर्वाचनमा एक स्टेप ब्याक भयाे रास्वपा

होमल्याण्ड खबर

२०७९ फाल्गुन २६ गते, शुक्रबार ११:०० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा पार्टी एक स्टेप व्याक हुन बाध्य भएको बताएको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले राष्ट्रपति निर्वाचनका सन्दर्भमा तीनबुँदे स्पष्टीकरण दिँदै आफूहरू एक स्टेप व्याक हुन बाध्य भएको बताएका छन् ।

रास्वपाले गत मंसिर ४ गते भएको निर्वाचनमा वाचापत्र सार्वजनिक गर्दै पािर्टी बाहिरबाट गैरदलीय राष्ट्रपति बनाउने उल्लेख गरेको थियो । तर, बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय बिहीबार नै बसेको संसदीय दल र पदाधिकारी बैठकले गरेको थियो ।

महामन्त्री ढकालले रास्वपाको ‘वाचापत्र’मा उल्लेख गैरदलीय राष्ट्रपतिको अर्थ पार्टी बाहिरबाट खोज्नुपर्ने अवस्थामा त्यस्तो गर्न नसकिएको उनले स्पष्ट पारेका छन् ।

निर्वाचन बहिष्कर गर्नु उपयुक्त नभएकाले सासंदहरूबीच छलफलपछि आफ्नो विवेकको प्रयोग गरी पार्टीको बिनाकुनै दबाब राष्ट्रपति निर्वाचनमा पार्टीका सांसदहरूले मतदान गरेको ढकालले उल्लेख गरेका छन् ।