नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

होमल्याण्ड खबर

२०७९ फाल्गुन २६ गते, शुक्रबार १२:५८ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी संसदीय दलको बिहान सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।

श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन्। नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ।

उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ। आफूले उम्मेदवार उठाउनेबारे ८ दलसँग कुराकानी गर्ने चौधरीले बताए।