रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने

होमल्याण्ड खबर

२०७९ फाल्गुन २६ गते, शुक्रबार १३:३७ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीकी अधयक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने भएकी छन् । नागरिक उन्मुक्ति पार्टीले उनलाई बिहान उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उपराष्ट्रपति बन्नका लागि संविधान र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा उल्लेख भएजति उमेर रञ्जिताको नपुगेकाले उम्मेदवार बन्न नपाउने भएकी हुन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार उपराष्ट्रपतिको उम्मेदवार हुन ४५ वर्ष उमेर पूरा गरेको हुनपर्छ ।

निर्वाचन आयोगको रेकर्ड अनुसार रञ्जिता ३९ वर्ष पुगेको छ ।

ऐनको दफा १५ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनका लागि उम्मेदवारको उमेरको गणना गर्दा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिनसम्ममा पैतालीस वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ ।’