३ चैत्र २०८२, मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिने भएको छ । दोस्रोपटकको पाँच वर्षे कार्यकाल सकिएसँगै उनी आज शितल निवासबाट निजी निवासमा सर्ने भएका छन् ।
राष्ट्रपति भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने भएकी हुन् ।


उनी त्यसअघि नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति भएकी थिइन् ।
गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । पौडेलले भोलि सोमबार शपथ लिने कार्यक्रम छ ।