३ चैत्र २०८२, मंगलवार
सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदका उम्मेदवारी दिएका रामसहाय प्रसाद यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
आफूविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले दिएको उजुरीको जवाफ दिन उनी निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।


निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्नु पर्ने छ । यस्तै, पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका रहेको छ ।
जसपाका यादवसँगै प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।