बालिका बलात्कार आरोपमा एकजना पक्राउ

होमल्याण्ड खबर

२०७९ फाल्गुन २९ गते, सोमबार १५:३० मा प्रकाशित

 १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-१ घर भएका २२ वर्षीय सुनिल गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।