जसपाका उमेदवार रामसहायको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

होमल्याण्ड खबर

२०७९ चैत्र १ गते, बुधबार १२:२७ मा प्रकाशित

नेपाली कांग्रेसले उपराष्ट्रपति पदमा जसपाका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए ।

यादव जनता समाजवादी पार्टीका तर्फबाट उमेदवार बनेका हुन् ।