मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय

होमल्याण्ड खबर

२०७९ चैत्र २ गते, बिहीबार १५:१९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए।

पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो ।