उपराष्ट्रपति निर्वाचनको मतदान सुरू

होमल्याण्ड खबर

२०७९ चैत्र ३ गते, शुक्रबार १०:२१ मा प्रकाशित

उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ।  संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट मतदान सुरू भएको हो।

दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्।

पहिलो मतदान सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गरेका छन्। अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउँदैनन्।

उनीहरू पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन्। अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ।