३ चैत्र २०८२, मंगलवार
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न भएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो ।
उपराष्ट्रपति निर्वाचनमा कूल ८२९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ जना सांसदले मतदान गरेका छन् ।


संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् भने प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।
मतगणना भने केही समयभित्रै सकेर आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।