३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको दलको बैठकबाट प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्न सांसदलाई ‘ह्वीप’ जारी गर्ने निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।


यस्तै, आजैदेखि संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरिएको उनले बताए ।
दलको बैठकबाट सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरिएको छ । नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिँदै सफलताको कामना समेत गरिएको लेखकले जानकारी दिए ।