घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिव

होमल्याण्ड खबर

२०७९ चैत्र ५ गते, आईतवार १३:४२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाएको छ । केही समय अगाडि पार्टी प्रवेश गरेका भूसाल महासचिव बनेका हुन् ।

आज बसेको सचिवालय बैठकले महासचिव डा। वेदुराम भूसाललाई उपाध्यक्ष बनाउँदै घनश्यामलाई महासचिव बनाएको हो ।

सचिवालय बैठकले सबै उपाध्यक्षहरुलाई सचिवालय सदस्य बनाउँदै सचिवायल सदस्यको संख्या १९ सदस्यीय बनाएको छ ।