प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदै

होमल्याण्ड खबर

२०७९ चैत्र ६ गते, सोमबार १३:३८ मा प्रकाशित

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले दोस्रो पटक विश्वासको मत लिँदैछन्। तेस्रो पटक प्रधानमन्त्री बन्दा समर्थन गरेका दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्‍त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनु परेको हो।

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच असमझदारी भएपछि एमाले र राप्रपा प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका थिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्री प्रचण्ड आज विश्वासको मत लिँदैछन्।