अबको केहीदिनमै सरकारले पूर्णता पाँउछः प्रधानमन्त्री प्रचण्ड

होमल्याण्ड खबर

२०७९ चैत्र ६ गते, सोमबार १८:२३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए । उनले अगाडि भने, ‘२,४ दिनमै सरकारले पूर्णता पाउँछ ।’

शत प्रतिशत मत आउँछ भन्नुभएको थियो, आएन नि भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जति भयो, त्यो पर्याप्त रहेको बताए । उनले अगाडि भने, ‘अब आरामसँग सरकार चल्छ ।’

सोमबार प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । नेकपा एमाले र राप्रपालेले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।