छुवाछुत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

होमल्याण्ड खबर

२०७९ चैत्र ७ गते, मंगलवार ११:५७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछुत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले भने,’अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’