३ चैत्र २०८२, मंगलवार
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै छ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो ।
आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।


आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।