नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

होमल्याण्ड खबर

२०७९ चैत्र १० गते, शुक्रबार ११:५१ मा प्रकाशित

 सरकारले नेपालको जनगणना २०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना-०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।