मिटरब्याजी पीडितलाई खुलामञ्चमा बस्न महानगरको अवरोध

होमल्याण्ड खबर

२०७९ चैत्र १३ गते, सोमबार १७:३४ मा प्रकाशित

महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए ।

तर पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ । काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए । ‘खुलामञ्चमा बस्न सरकारको आदेश छैन, त्यसैले हामीले ताल्चा लगाएका हौ । उहाँहरूलाई बस्न गौशालाको धर्मशालामा बस्ने व्यवस्था गरेका छौ’, पाण्डेको भनाइ छ ।