चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

होमल्याण्ड खबर

२०७९ चैत्र १६ गते, बिहीबार ११:३४ मा प्रकाशित

नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार निर्णय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।