बारा २ मा लोसपाबाट राजेन्द महतोलाई उम्मेदवार बनाउने निर्णय

होमल्याण्ड खबर

२०७९ चैत्र १६ गते, बिहीबार १२:२३ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन् ।

लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।

धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।

बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।