कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

होमल्याण्ड खबर

२०७९ चैत्र १७ गते, शुक्रबार १०:५७ मा प्रकाशित

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज विश्वासको मत लिँदैछन् ।

सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अव शर्मालाई नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत सत्ता गठबन्धनका दलहरूले विश्वासको मत दिने भएका छन् ।