आफ्नो पक्षको सम्मानजनक सहभागिता नभएसम्म सरकारमा नजाने शेखर समूहको निर्णय

होमल्याण्ड खबर

२०७९ चैत्र १७ गते, शुक्रबार ११:५१ मा प्रकाशित

नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म सरकारमा नजाने बताएका छन् ।

सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।

शुक्रबार बिहान बसेको डा.शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।

‘यो हामीले सभापतिलाई पनि भनेका छौं, प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं’, सहमहामन्त्री जीवन परियारले भने ।