प्रधानमन्त्री प्रचण्डले लिए मन्त्री शपथको लागि समय

होमल्याण्ड खबर

२०७९ चैत्र १७ गते, शुक्रबार १२:२५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मन्त्रीको शपथका लागि आज दिउँसो ३ बजेको समय लिएका छन् ।

आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तामा आज मन्त्रिपरिषद् विस्तार गर्न लागेको जानकारी गराएका थिए ।

प्रधामन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले शपथका लागि ३ बजेको समय लिइएको बताए । मन्त्रिपरिषद् विस्तारका लागि उनले गठबन्धनका दलसँग मन्त्रीको नाम मागिसकेका छन् ।