३ चैत्र २०८२, मंगलवार
जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको छ ।
जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा गरेका छन् ।


जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।