तनहुँ १ मा गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

होमल्याण्ड खबर

२०७९ चैत्र २० गते, सोमबार १५:२६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता गोविन्द्र भट्टराईले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

भट्टराईले सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

गत मंसिरमा भएको निर्वाचनबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त भएको हो । उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन तोकिएको छ ।