३ चैत्र २०८२, मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै दायर गरेको रिटमाथी आज सर्वौच्च अदालतमा सुनुवाइ हुन लागेको हो । सुनुवाईकालागि उक्त मुद्धा न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ।


अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।
त्यसैगरी रविमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन आदेशको माग गर्दै परेको रिट पनि फुयाँलकै बेन्चमा आठौँ नम्बरमा परेको छ ।