९ मंसिर २०८१, आईतवार
यती एयरलाइन्सबाट काठमाडौं-पोखरा यात्रा गर्ने यात्रुलाई अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुट हुने भएको छ ।
विमानस्थलबाट केबलकारसम्म पुग्नको लागि यात्रुले फिस्टेल गेटबाट केबलकार स्टेशनसम्म निःशुल्क बसको सुविधा पाउन सक्नेछन् । यात्रुलाई बोर्डिङ पाससँगै केबलकारको डिस्काउण्ट भौचर पनि प्रदान गरिने यति एयरलाइन्सका मार्केटिङ्ग म्यानेजर युवाराज विष्टले बताए ।