सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित

होमल्याण्ड खबर

२०७९ चैत्र २२ गते, बुधबार १६:०५ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जर्वजस्ती करणी मुद्दामा आजको लागि सुनुवाइ स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएपनि मुद्दाको चापको कारण आज मुद्दा हेर्न नभ्याईने भएपछि आजको लागि सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ ।

लामिछानेविरुद्ध एक किशोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेकी छन् ।