९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैंक र पाटन प्याथल्याबबीच सोमबार ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परीक्षण तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा पाटन प्याथल्याबका अक्ष्यक्ष रेशम भट्टराई र ग्लोबल आईएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरेका थिए । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरू ल्याइरहेको पनि जनाएको छ ।