सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढ्यो

होमल्याण्ड खबर

२०७९ चैत्र २४ गते, शुक्रबार ११:४२ मा प्रकाशित

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बिहीबार तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।