मरेको मान्छेको नाममा ठगी गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

होमल्याण्ड खबर

२०७९ चैत्र २४ गते, शुक्रबार १४:४६ मा प्रकाशित

मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले वैदेशिक रोजगारीमा गइ मृत्यु भएका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।