एभरेष्टको हेलिकोप्टर धौलागिरीमा दुर्घटना, पाइलट सकुशल

होमल्याण्ड खबर

२०७९ चैत्र २६ गते, आईतवार १४:०२ मा प्रकाशित

एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ। आइतबार बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको प्रवक्ता सिर्टौलाले बताए ।

उनका अनुसार पाइलट प्रिया अधिकारी सामान्य घाइते भएकी छन् । उनलाई उद्दार गर्नका लागि अर्को हेलिकोप्टर त्यसतर्फ गएको छ।