९ मंसिर २०८१, आईतवार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई जनासँग बकपत्र लिन आदेश दिएको छ ।
सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको अदालतले जनाएको छ ।
आज सुनवाइ सुरू भएसँगै वादीतर्फका वकिलले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने बताएका थिए ।
न्यायाधीश शंकरराज बराले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् । आजको सुनवाइ सकिएको छ ।