२६ बैशाख २०८३, शनिबार
आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ ।
सोमवार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजपीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए ।


उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताए । उनले यसअघि पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताए ।
वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको उनले बताए । उनले मंगलवार मिटरब्याजपीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी वार्ता सकिएको बताए । उनले मिटरब्याजपीडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताए ।