तत्काल प्रधानन्यायाधीस नियुक्ति गरौं : बार, आवश्यक निर्णयमा लिन्छु : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७९ चैत्र ३० गते, बिहीबार १०:१८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले भेट गरेका छन् । तत्काल १० दिनभित्र सर्वाेच्च अदालतको प्रधानन्यायाधीस नियुक्ति गर्न अल्टिमेटम दिएका बारका पदाधिकारी प्रधानमन्त्रीसँग भेटन आज बिहान प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटार पुगेका थिए ।

बार पदाधिकारीले प्रधानमन्नत्रीलाई लामो समयसम्म सर्वाेच्च अदालतलाई कायममुकायमका रुपमा चलाउन नहुने भन्दै तत्काल प्रधानन्यायाधीस नियुक्तिको काम गर्न ध्यानाकर्षष गराएका थिए । चोलेन्द्र शम्शेर जवरालाईम हाअभियोग लागेको २०७८ फागुन १ देखि सर्वाेच्च अदालत कायममुकायम प्रधानन्यायधीसका रुपमा चल्दै आएको छ । चोलेन्द्र अवकाश भईसक्दा समेत अदालत अझै कायममुकायमका रुपमा चलेको भन्दै बार एशोसिएशनले बुधबार पत्रकार सम्मेलन गरेर १० दिने अल्टिमेटम दिएका थिए ।

लगत्तै उनीहरु आज प्रधानमन्त्रीलाई भेटन बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड सम्वैधानिक परिषद्का अध्यक्ष समेत हुन् । सम्वैधानिक परिषद्ले सिफारिस गरेपछि संसदको सुनुवाई समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीस नियुक्तिको प्रक्रिया शुरु हुन्छ । संसदमा समिति गठन बाँकी नै छ । तर नियमावली निर्माण भईसकेकोले दलहरुले चाहेमा सुनुवाई समिति एक दिनमै बस्न सक्ने अवस्था छ ।

सम्वैधानिक परिषद्मा अहिले प्रधानमन्त्री अल्पमतमा छन् । परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्टिय सभा अध्यक्ष, प्रधानन्यायाधीस र उपसभामुख, विपक्षी दलका नेता सदस्य हुने ब्यवस्था छ । प्रधानन्यायाधीस अहिले छैनन । अन्य सवै पदमा विपक्षी एमाले र एक स दस्य उपसभामुखमा रास्वपाबाट निर्वाचित इन्द्यिरा राना छिन् ।

बार एसोसिएसनका पदाधिकारीहरुले तत्काल प्रधानन्यायाधीसको नियुक्तिको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले आवश्यक पहल लिने प्रतिवद्धता बार पदाधिकारीसँग गरेका थिए । प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए