नवनियुक्त मन्त्री साउदले प्रधानमन्त्रीको भ्रमण तयारी गर्ने

होमल्याण्ड खबर

२०८० बैशाख ३ गते, आईतवार १६:४७ मा प्रकाशित

परराष्ट्रमन्त्रीमा पदभार गरेसँगै नवनियुक्त मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयारी गर्ने बताएका छन् ।

आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल गर्ने बताएका हुन् ।

मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको बताए ।