भेरी नदीमा बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० बैशाख ७ गते, बिहीबार १५:१३ मा प्रकाशित

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन ।