प्रधानमन्त्री दाहाल र ओलीबीच सिंहदरबारमा भेट

होमल्याण्ड खबर

२०८० बैशाख ८ गते, शुक्रबार १०:२८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी भेटघाटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको स्रोतले बतायो ।

बुधबार बसेको संवैधानिक परिषद् बैठकले गर्न नसकेको निर्णय, संसदीय समिति गठन, सत्य निरुपण तथा मेलमिलापसम्वन्धी विधेयकलगायत विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।