स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड

होमल्याण्ड खबर

२०८० बैशाख ८ गते, शुक्रबार ११:५६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ । गत राति रोकिराखेको अवस्थामा रहेको गाडीलाई अज्ञात समूहले तोडफोड गरेको हो ।

उक्त समयमा गाडीमा कोही मानिस नरहेकोले कुनै मानवीय क्षति नभएपनि गाडीमा भने क्षति पुगेको छ । गाडीका ढोकाहरूको सिसा फोडिएको अवस्थामा छन् ।