त्रिविले बाकी १२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने

होमल्याण्ड खबर

२०८० बैशाख ८ गते, शुक्रबार १५:५२ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन नगर्ने भएको छ ।

अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयेले जनाएको हो ।

उपत्यकाका नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन भने उपत्यकाबाहिरका ८ वटा आङ्गिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन ।